राजनीति

कुनै लोभलालच छैन, एकप्रकारको सन्त नै हुँः ओली

Banner

काठमाडौं,बैशाख १५-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको बताएका छन् । शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका उनले देश, जनता र मावनकल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताएका हुन् ।

आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए । यस्तो अवस्थामा सम्पत्ति कमाउने कुनै लोभलालच नभएको उनको भनाइ थियो । आफू एकप्रकारको सन्त नै भएको ओलीले बताए । कोसी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका निम्ति सदैव सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आउँदो पुस्तालाई पनि यसबारे अवगत गराउनुपर्नेमा जोड दिए । यो वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ । हिमालयन टेली भ्वाइस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>