राजनीति

एमाले रत्ननगर–९ को अध्यक्षमा तेस्रो पटक लेखनाथ आचार्य

Banner

चितवन, बैशाख १५–

नेकपा एमाले रत्ननगर नगरपालिका–९ वडा कमिटीको अध्यक्षमा पुनः लेखनाथ आचार्य चयन भएका छन् ।

शुक्रवार सम्पन्न १०औं वडा अधिवेशनले सर्वसम्मतीबाट आचार्यलाई लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

२३ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा मन बहादुर थापा मगर, सचिवमा छन्दप्रसाद तिमिल्सना, उपसचिवहरुमा ज्ञानु पौडेल, प्रतिमा पौडेल चयन भएकी छन् । यसैगरी कार्यालय सचिवमा सरस्वती चौधरीलाई नियुक्त गरिएको छ ।

नेकपा एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्यप्रसाद लामिछाने, वागमती प्रदेश कमिटी सदस्यहरु नारायण वन, राजाराम रेग्मी, कुलप्रसाद लामिछाने, लक्ष्मी कोइराला, पार्टी नगर अध्यक्ष इश्वरी अर्याल, जिल्ला कमिटी सदस्य केशव आचार्य, नगर कमिटी उपसचिव सागर मिश्र, अनेरास्ववियु जिल्ला कमिटी सचिव अमित आचार्य लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>