चितवन विशेष

भरतपुरको १० नम्बर वडामा सार्वजनिक सुनुवाइ, वडाले गरेको काममा स्थानीय खुसी

Banner

चितवन, वैशाख १२-

भरतपुर महानगरपालिकाको–१० नम्बर वडाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ ।

आज जिल्ला समन्वय समितिको सभाहलमा वडाले आर्थिक वर्ष २०८०\०८१ को दोस्रो चौमासिक सुनुवाइ गरेको हो ।

कार्यक्रममा वडाका वडाध्यक्ष परमेश्वर खनालले वडाले गरेका कामहरु प्रस्तुत गरेका थिए । उनका अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गरिब, दलित, अल्पसंख्यक ४० घर परिवारको स्वास्थ्य बिमा वडाले गरेको छ । योसँगै २० घरपरिवारको बिमा नविकरण पनि वडाले नै गरेको हो । उनका अनुसार वडाले ६ घरका क्यान्सर तथा मृर्गौला रोगका बिरामीलाई १० देखि १६ हजार रुपैयाँ सहयोग रकम प्रदान गर्नुका साथै आज तीन घर परिवारलाई पाँच वटा व्हिलचियर पनि प्रदान गर्दैछ । कार्यक्रममा २० जनालाई व्युटीपार्लरको आधारभूतसँगै एडभान्स तालिम, ४२ जनालाई कुमार मोटर ड्राइभिङबाट ड्राइभिङ तालिम, महानगरबाट १० नम्बरको ४८ ठाउँमा सीसीक्यामेरा जडानको कामसँगै १० ठाउँमा वडाबाट क्यामेरा वितरण गरेको उनले बताए । यसका साथै यातायात कार्यालयमा निवेदनको पैसा तिर्न नपर्ने, लाइन बस्न पर्ने समस्या हटेको, चितवन मेडिकल कलेजमा ५० प्रतिशत छुट सँगै विभिन्न ठाउँमा ५० लाख रुपैयाँको मोजाकटायल लगायर ढल निर्माण सम्पन्नलगायतका काम वडाले गरेको उनको भनाइ छ ।

सुनुवाइमा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले वषौँदेखि वडामा रहेका विवादित सडकको निर्माण सम्पन्न हुँदा र निमार्णाधिन अवस्थामा रहँदा निकै खुसी लागेको बताए । यस्तै पछिल्लो समय वडाले वडावासीको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा वडाले गरेको काम प्रति आफूहरुलाई खुसी लागेको भन्दै उनीहरुले धन्यवाद दिएका थिए ।

कार्यक्रममा वडा सदस्य ऋषि थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनले वडामा सरसफाई र उत्पादनमुलक उद्योगमा जोड दिनुपर्ने बताए । उनले रोजगारीको वातावरण समेत सिर्जना गर्नुपर्ने अवस्थामा आएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>