देश/प्रदेश

कतारी राजाको नेपाल भ्रमणमा अमेरिकी संस्थाको चासो, कामदारको अधिकार रक्षा गर्न आग्रह

Banner

काठमाडौं, चैत ११-

कतारी राजाको नेपाल भ्रमणमा अमेरिकी संस्थाले चासो राखेको छ । अमेरिकाको न्यू योर्कमा मुख्यालय भएको ह्युमेन राइट्स वाचले कतारी आमिर शेख थामिम बिन हमाद अल थानीको बङ्गलादेश तथा नेपालको राजकीय भ्रमणको सवाल जोडेर चासो देखाएको हो ।

नेपाल तथा बङ्गलादेशका कामदारहरू कतारको ८८ प्रतिशत कामदारको हिस्सा भएको भन्दै वाचले कामदारको हक हितको पक्षमा काम गर्न आग्रह गरेको छ ।

ह्युमेन राइट्स वाचका मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रका उपनिर्देशक माइकल पेजले कूटनीतिक शिष्टाचार आदानप्रदान भन्दा माथि उठेर देखिने र प्रभावकारी कदम चालेर कामदारको सुरक्षाको लागि काम गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘कतारी राजाले राष्ट्र प्रमुख मात्रै नभेटेर कतारबाट आएका आप्रवासी कामदारहरूले भरिएका डाइलासिस केन्द्रहरूमा पुग्दै कतारमा मृत्यु भएका परिवारहरूसँग भेट्दै कतारको घातक काम गर्ने वातावरणलाई हेर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area