गोरखा

उत्तरी गोरखाको वीरेन्द्र ताल फुट्यो, तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयको आग्रह

Banner

काठमाडौं, वैशाख ९-

गृह मन्त्रालयले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ।

‘आइतबार बिहान हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च रहेकोले तल्लो तटीय क्षेत्रमा सतर्क रन आग्रह गरेको हो ।

बिहान पौने नौ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएको गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने संभावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, उनले भने।

घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले बताए। चुमनुव्री गाउँपालिका अध्यक्ष नीमा लामाले सामागाउँमा रहेको काठेपुल बगाएको बताए। त्यसबाहेक अन्य क्षतिको विवरण आइनसकेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>