खेलकुद

सेमिफाइनलबाटै बाहिरिएपछि कप्तान रोहितले भने: हाम्रो ब्याटिङमा समस्या भयो

Banner

काठमाडौं, वैशाख ७-

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि कप्तान रोहितकुमार पौडेलले युएईले राम्रो बलिङ गर्दै परिस्थितिको फाइदा उठाएको बताएका छन् ।

शुक्रबार ओमानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालमाथि युएईले ६ विकेटको जित हासिल गरेपछि कप्तान पौडेलले प्रिजेन्टेसनमा यस्तो बताएका हुन् ।

पौडेलले खेलपछिको प्रिजेन्टेसनमा भने, ‘युएईले पावरप्लेमा धेरै राम्रो बलिङ गर्‍यो। उनीहरुले कन्डिसनको फाइदा उठाउन सफल भए। त्यसैले श्रेय युएईका बलरलाई जान्छ। त्यसमा पनि विशेषगरी तीव्र गतिका बलरलाई श्रेय दिनु पर्छ,’ । ‘हामीले पनि गतिलो साझेदारी गर्न सकेनौं। तर पनि सन्दीप जोराले त्यो परिस्थितिमा ब्याटिङ गर्न सफल भए। समग्रमा भन्नु पर्दा युएईले राम्रो बलिङ गर्‍यो। हाम्रो समस्या ब्याटिङमा देखियो।’

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा मात्र ११९ रन जोडेको थियो। जसमा सन्दीप जोराले ५० रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भएका थिए। नेपालले दुवै ओपनरलाई पावरप्लेमा गुमाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>