मकवानपुर

हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

०
Banner

मकवानपुर, असोज १७ –

मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पु¥याएपछि किसानहरू मर्कामा परेका छन् । ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं ८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गर्नुभएको थियो । आफ्नो पुख्र्यौली आरन पेसालाई विस्तारै छाड्दै कृषिमा लाग्नुभएका उहाँले गत वर्ष ४ वटा टनेलबाट डेढ लाख रुपैयाँ आम्दानी लिनुभएको थियो। -न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>