अर्थ
आजपनि सुनको मुल्यले कायम गर्यो नयाँ रेकड
०

काठमाडौं, वैशाख ७-
नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकड कायम गरेको छ । बिहीबार घटेको सुनको मुल्य बढेर आज (शुक्रबार) फेरि नयाँ रेकड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।