राजनीति

८४ मा गगनविरुद्ध चुनाव लड्दै पुण्य गौतम, रविसँग सहयोगको आग्रह

Banner

काठमाडौं, वैशाख ६-

सामाजिक सञ्जालमा चर्चित अभियन्ता पुण्य गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भटेका छन् ।

बुधबार राति अभियन्ता गौतमले उपप्रधानमन्त्री लामिछानेको मन्त्री क्वाटरमा भटेका हुन् । भेटमा पुण्यले आफू ८४ सालको चुनाव लड्ने योजनामा रहेको रविलाई बताएका छन् । उनले काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्रीमा गगन थापाविरुद्ध आफूले उम्मेदवारी दिने भन्दै रविसँग सहयोगको आग्रह गरे । रविले यसमा सकारात्मक जवाफ दिएको पुण्य बताउँछन् ।

रविको भनाइ उद्धृत गर्दै पुण्यले भने, ‘तपाईँ योग्य मान्छे हो, तर अहिलेसम्म कतै पनि अवसर पाउनुभएको छैन । यदि चुनावमा उठ्नुभयो भने हाम्रोतर्फबाट सहयोग हुन्छ ।’ पुण्यका अनुसार रवि उनको आमाको मामाका छोरा पनि हुन् । पुण्य गौतम अहिले एमालेमा छन् ।

अघिल्लो चुनावमा उनले काठमाडौंबाट प्रदेश सभामा टिकटका लागि निकै लबिङ गरेका थिए । तर, सफल भएनन् । अर्को चुनावमा सकेसम्म एमालेबाटै टिकटका लागि प्रयास गर्ने नत्र स्वतन्त्र भए पनि गगनविरुद्ध उठ्ने पुण्यको योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>