राजनीति
कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता
०

काठमाडौं, वैशाख ६-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको हो ।
‘उहाँहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको हो। त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि छलफल भयो,’ कांग्रेसका एक नेताले भने, ‘वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको छ।’