राजनीति
हामी फाल्गुननन्दलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै उनको विरोधी भन्नेः ओली
इलाम, वैशाख ५-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताएका छन् ।
इलाम क्षेत्र नम्बर २ मा भएको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने? उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौं ।’
उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा संस्कृतिका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भने, ‘हामीले सङ्घीयताको कुरा संविधानमा लेख्यौं, भाषा संस्कृति र पहिचानको कुरा लेख्यौ अहिले त्यही संविधान पढेर हामीले लेखेको कुरा अहिले हामीलाई सुनाउने ?’