राजनीति

मेरो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइयो: गृहमन्त्री लामिछाने

Banner

काठमाडौँ, बैशाख ४-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका छन्। मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन्।

‘रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रियट गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन, छैन,’ उनले लेखेका छन्, ‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तिन पुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

पछिल्लो समय रवि लामिछानेले गैर कानुनी रुपमा सहकारीबाट ऋण लिएको र नतिरेको भन्दै सञ्चार माध्यममा समाचारहरू आइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>