राजनीति

निर्वाचन प्रणाली बदल्न कांग्रेस र एमाले मिल्नु पर्छः गगन थापा

Banner

कैलाली, वैशाख ४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘सानापार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ ।’  थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए ।

‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ । ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>