चितवन विशेष

नेपाली कांग्रेस सबै दलहरुको साझा अभिभावकः सहमहामन्त्री परियार

Banner

चितवन, वैशाख २-

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाली कांग्रेस राजनीतिक दलहरुको साझा अभिभावक भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस चितवनले आइतबार भरतपुरमा गरेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सहमहामन्त्री परियारले कांग्रेसको अभिभावकीय आड र भरोसाको अपेक्षा अन्य सबै राजनीति दलहरुले खोजिरहेको बताएका हुन् ।

उनले देशमा जति पनि राजनीतिक दलहरु रहेका छन् ती सबैको अभिभावक कोही छ भने त्यो नेपाली कांग्रेस नै रहेको दाबी गरेका छन् । ‘कांग्रेस माथि आमनागरिकले देखाएको विश्वासलाई हामी कदापी मर्न दिदैनौ’ सहमहामन्त्री परियारले भने,‘न्याय नपाए गोर्खा जानू भने जस्तै अभिभावक नभए कांग्रेसले सबैलाई अभिभाकत्व प्रदान गर्नेछ । ’

फरक प्रसंगमा उनले वर्तमान सरकारले देशको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाए । नेपाली कांग्रेसले केही सबल बनाएको अर्थतन्त्रलाई कम्युनिस्ट सरकारले चकनाचुर बनाएको उनको आरोप छ ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो बिमोचन पनि गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशी, बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य कैलाश कोइराला, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहट्टा, भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका छन् । कार्यक्रममा बागमती प्रदेश सांसद गीता गुरुङ, माया श्रेष्ठ, बिनु रायमाझी, जिल्लाका पूर्वसभापतिहरु, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्यहरु पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>