देश/प्रदेश

हावाहुरीले त्रिभुवन विमानस्थलमा सबै उडान अस्तव्यस्त

Banner

काठमाडौं, चैत २९–

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।

विमानस्थलका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु डाइभर्ट भएका छन् भने विमानस्थलबाट हुने उडानहरु हुन सकेका छैनन् । कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका र भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको छ । आन्तरिक उडान समेत प्रभावित बनेको विमानस्थलले जनाएको छ । नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौंमै फिर्ता गर्नुपरेको छ । बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट भएको छ । अहिले दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>