चितवन विशेष

चितवन मेडिकल कलेज र हंस सहकारीबीच सम्झौता, सहकारी सदस्यलाई २० प्रतिशत छुट

Banner

चितवन, चैत ३०-

चितवन मेडिकल कलेज र हंस सहकारीबीच सहकारी सदस्यलाई छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज बिहीबार संस्थाका अध्यक्ष दिनेशकुमार चुके र चितवन मेडिकल कलेजका तर्फबाट अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भरतपुरको नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारीका सदस्यहरुले चितवन मेडिकल कलेज(सीएमसी)मा उपचारका लागि २० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।

छुट सेवा लिनका लागि हंस बहुउद्देश्यीय सहकारीले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने जनाइएको छ । त्यसैगरी सहकारीले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताका सम्बन्धमा चितवन मेडिकल कलेजका अप्रेसन व्यवस्थापक पारस अधिकारीले जानकारी गराएका छन् ।
सो सम्झौता २०८१ वैशाख १ गतेदेखि सुरु भई २०८४ चैत ३० गतेसम्म लागू हुनेछ । सो अवसरमा हंस सहकारीका सचिव शारदा शर्मा पौडेल, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ, सञ्चालक सदस्य प्रा.डा. होमनाथ सापकोटा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटालगायतको उपस्थिति रहेको छ ।

यसैगरी होटल व्यवसायी महासंघ नेपाल र चितवन मेडिकल कलेजबीच महासंघमा आवद्ध व्यवसायी, कर्मचारी र आश्रित परिवारका लागि उपचारमा छुट सम्झौंता गरिएको महासंघका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>