चितवन विशेष

चितवनमा स्टोरी टेलर साइग्रेस पोखरेल आउँदै, वैशाख २२ गते विशेष प्रस्तुति दिने

Banner

चितवन, चैत २५-

लोकप्रिय स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

चितवनसहित नेपालका मुख्य ६ सहर काठमाडौँ ,पोखरा, बुटवल, इटहरी र झापामा हुन लागेको कार्यक्रम वैशाख १५ गते देखि सुरु हुनेछ ।

क्यानेडियन स्टडी सेन्टरले आयोजना गर्न लागेको कार्यक्रम वैशाख १५ मा झापा, वैशाख १६ मा इटहरी, वैशाख २२ मा चितवन ,वैशाख २४ मा वुटवल, वैशाख २९ मा पोखरा र काठमाडौँमा जेठ ५ गते आयोजना हुदैछ ।

तीन वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका कथाकार, साइग्रेस नेपालका लोकप्रिय कथाकार हुन् । कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकसँग अन्तरक्रिया गर्ने आयोजकले बताएका छन् । कार्यक्रमको टिकट क्यनडियन स्टडी सेन्टरको सम्पूर्ण अफिसहरुमा निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>