खेलकुद
आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य
०

काठमाडौं, चैत २५-
आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ क्रिकेट टिमलाई तेस्रो एकदिवसीय खेलमा २८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा २८४ रन बनायो।
आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै पिटर मूरले ४४ रन बनाए। बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए।
यसअघिका दुवै एकदिवसीय खेलमा पराजित भइसकेको नेपालले सिरिज गुमाइसकेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























