देश/प्रदेश
दक्षिण कोरिया भ्रमणमा जाने तयारी गर्दैछौं, राष्ट्रपतिज्यूले निम्ता पनि गर्नुभएको छः प्रधानमन्त्री
०

काठमाडौं, चैत २४-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरिया भ्रमणको तयारी भइरहेको बताएका छन्।
शनिबार नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई बालुवाटारमा विदाइ तथा झण्डा हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणको निम्तो पाइसकेको र त्यसको तयारी भइरहेको बताएका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा कोरियाका राष्ट्रपतिसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डले सुनाए।
‘राष्ट्रसंघको बैठकमा छलफल भएर दुई देशको सम्बन्ध अझै बलियो बनाउने सहयोगको क्षेत्रलाई अझै विस्तार गर्ने कुरा भएको छ,उनले भने, ‘राष्ट्रपतिज्यूले निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारी पनि गर्न खोज्दैछौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























