देश/प्रदेश
सोफा फ्याक्ट्रीमा आगलागी हुँदा एकजनाको मृत्यु
०

काठमाडौँ, चैत २४-
ललितपुरको हात्तीवनस्थित एक सोफा फ्याक्ट्रीमा आज भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार सोफा बनाउने फ्याक्ट्री ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























