समाचार
प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी दिन सूचना जारी
०

काठमाडौं, चैत २०-
संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।
सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने समितिले उल्लेख गरेको छ ।
सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने ब्यहोरा सूचनामा उल्लेख छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























