पत्रपत्रिका

आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखन सुरु

Banner

काठमाडौँ, चैत २०-

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए ।

सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको समितिले मस्यौदा लेखन सुरु गरेको हो ।

बजेट लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरे । “बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ,” उनले भने, “तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालालाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।”

उनले सम्बद्ध मन्त्रालय तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>