क्रिकेट

कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि चितवन मेडिकल कलेजलाई

Banner

चितवन, चैत १९–

भरतपुरमा सम्पन्न कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि चितवन मेडिकल कलेज (सिएमसी)ले जितेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरमा आज सम्पन्न फाइनल खेलमा पुरानो मेडिकल कलेजलाई ३५ रनले पराजित गर्दै सिएमसीले उपाधि जितेको हो । उपाधिसंगै सिएमसीले ट्रफी र मेडल प्राप्त गर्‍यो ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा भरतपुर महानगरपालिका, युवा उद्यमी मंच, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज गरी चार टिमको सहभागिता रहेको थियो ।

पछिल्लो समय चितवनमा क्रिकेट गतिविधि बढेको छ । क्रिकेट संघले हालै इण्डो–नेपाल टी–२० च्याम्पियनसीप सम्पन्न गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>