देश/प्रदेश
स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुईजना पक्राउ
०

जनकपुरधाम, चैत १९-
सर्लाहीबाट स्रोत नखुले रकमसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारीलाई प्रहरीले स्रोत नखुले रकमसहित प्रकाउ गरेको हो ।
हिजो (आइतबार) मलंगवा नगरपालिका ९ बाट प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























