अपराध

लुटपाटमा संलग्न दुई जना पक्राउ

Banner

काठमाडौँ, चैत १८-
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरुले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा बूढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा नगद रु १८ हजार लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।

निजहरुलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>