देश/प्रदेश
एसईई दिने एक नक्कली परीक्षार्थी पक्राउ
०
सुर्खेत, चैत १५-
एसईई दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । दैलेखको नारायण नगरपालिका-१ सदरमुकाममा रहेको त्रिभुवन माविबाट एक नक्कली परीक्षार्थी पक्राउ परेको हो ।
पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । उनले गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>