देश/प्रदेश

विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति

०
Banner

कात्तिक १० –

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसंग विपद् प्रभावित वडास्तरमा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण माग्ने भएको छ ।

समितिको मंगलवार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले सरकारले वडागत रुपमा राहत वितरण र भएको क्षतिको विस्तृत विवरण समितिलाई दिनुपर्ने बताउनुभएको हो । सरकारले राहत वितरणको समग्र तथ्याङ्क मात्र उपलब्ध गराएर नपुग्ने भन्दै उहाँले प्रभावित पालिका र वडागत रूपमा राहत तथा क्षतिको विवरण दिनुपर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>