देश/प्रदेश

शनिबारसम्म मौसम सुधार नहुने, के भन्छन् मौसमविद् ?

Banner

काठमाडौं, चैत १५-

केहिदिन यता देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर शनिबारसम्म मौसम सफा हुने सम्भावना रहेको छैन ।

पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद् शान्ति कँडेल भन्छिन्, ‘अझै दुई–तीन दिनसम्म देशैभर नै मौसम सफा हुने देखिन्न ।’

अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा समेत भइरहेको छ ।

गए राति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा भएको मौसमविद् कँडेलले जानकारी दिइन् ।

यसैगरी चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, बागमती र गण्डकीमा एकरदुई दिनदेखि नै वर्षाको गतिविधि बढिरहेको बताउँदै मौसमविद् कँडेलले काठमाडौं उपत्यकामा आज राम्रोसँग घाम नलाग्ने बताइन् । ‘काठमाडौंमा आज पनि राम्रोसँग घाम लाग्दैन । पानी पर्ने, रोकिने, फेरि पानी पर्ने क्रम जारी रहन्छ’, उनले भनिन् ।

चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङ सहित असिना पानी पर्ने गर्छ । तर अहिले माघेझरी जस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेल बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>