देश/प्रदेश

अन्तरलिङ्गीबारे जनचेतना बढाउन आग्रह

Banner
काठमाडौँ, चैत १२-
समाजमा अन्तरलिङ्गीबारे फरक बुझाइ भएकाले एकीकृत र स्पष्ट जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायत सामग्रीको विस्तारमा जोड दिइएको छ ।
जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, परिवार र समाज अलमलमा रहेकाले मानवअधिकारको सम्मानमा ठेस लागेको उनीहरुको भनाइ छ ।
अन्तरलिङ्गीको अधिकारका क्षेत्रमा कार्यरत संस्था ‘क्याम्पियन फर चेञ्ज’का कार्यकारी निर्देशक इशान रेग्मीले महिला र पुरुषको मात्र जन्म हुन्छ भन्ने मान्यता राख्ने समाजले लिङ्ग बदल्ने प्रवृत्तिका कारण आफ्नो उनीहरुको पहिचान र सम्मानमा प्रभाव परिरहेको बताउनुभयो ।
आज सञ्चारकर्मीसँगको एक छलफल कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको थाहा भएको बताउनुभयो । अन्तरलिङ्गीबारे जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायतको सामग्रीको अभाव रहेको जनाउँदै पछिल्लो यौनिक तथा अल्पसङ्ख्यक भनेर चिनिए पनि अन्तरलिङ्गीभित्रको विविधतालाई समाजले नचिनेको उहाँको भनाइ छ ।
अधिवक्ता प्रपुशा केसीले बालबालिकासम्बन्धी ऐन, नियमावली, अपराध संहिता, कार्यस्थलमा हुने यौन दुव्र्यवहारसम्बन्धी कानुन, सम्पत्ति, जन्मदर्ता र नागरिकतालगायत सबै किसिमका कानुनमा अन्तरलिङ्गीबारे उल्लेख नगरिनु एक समस्या भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “जन्मिएको ३४ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला पुरुषबाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले  वयस्क हुँदामात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिनसक्ने हुन्छ ।” अन्तरलिङ्गीले वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायत बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गी गुज्रनु परेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>