खेलकुद

चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता

Banner

चितवन, चैत ५–

चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौता भएको छ ।

सोमबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । संघका तर्फबाट अध्यक्ष सुदिप पिया र देव हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.विवेक न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षको रहने छ ।

सो क्रममा बोल्दै संघका अध्यक्ष पियाले यो सम्झौताले चितवनका खेलाडीहरुको उपचारमा सहुलियत मिलेको बताए । ‘हामी विस्तारै खेलाडीहरु एक्सपोजर बढाउनुको साथै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिन थालेका छौं, यो सम्झौताले सबै क्रिकेट खेलमा हामीलाई मेडिकल टिम सपोर्ट पाउने छौं ।’

सम्झौता अनुसार संघलाई हस्पिटल एक लाख रुपैयाँ प्रदान गर्नेछ भने खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट दिने छ । त्यस्तै खेलाडीका परिवारले पनि उपचारमा ३० प्रतिशत छुट पाउने छन् ।

अस्पतालका सिइओ डा.विवेक न्यौपानेले यो सम्झौतालाई सुरुवातको रुपमा लिइएको बताए । उनले देव हस्पिटलमा खेलाडीहरुको उपचार गर्ने विशेषज्ञ चिकित्सकसहितको टिम रहेकाले सबै खेलाडीहरुको उपचार चितवनमै सम्झव रहेको बताए । ‘यो सम्झौताले हामी खुशी छौं, क्रिकेट खेलाडीसंग जोडिएका छौं, खेलाडीहरुको उपचार हामी विशेषज्ञ टोलीबाट गराउन सक्छौं ।’

कार्यक्रममा संघका उपाध्यक्ष उमेश पियाले खेलाडीहरु घाइते हुँदा आर्थिक समस्या नओस् भन्ने उद्देश्यले गरिएको यो सम्झौताले खेलाडीहरुमा उत्साह थपिने विश्वास व्यक्त गरे । संघले पछिल्लो समय नयाँ खेलाडी उत्पादनमा ध्यान दिएको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि विशेष ख्याल गरिएको बताए ।

चितवन जिल्ला क्रिकेट संघले केहीदिनमै जिल्लामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>