खेलकुद

नेपाली फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल्ने

Banner

काठमाडौं, चैत २-

नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो ।

एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>