चितवन विशेष

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपमा भरतपुर २४ विजयी

Banner

चितवन, फागुन २६-
विशाल तामाङको गोलमा पेन्गुईन भरतपुर २४ले सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । आज (शनिबार) सम्पन्न उद्घाटन खेलमा भरतपुर २४ ले हानामी भरतपुर फुटबल क्लबलाई १-० ले हरायो ।

भरतपुर २४ को जितमा विशालले दोस्रो हाफको १० औं मिनेटमा गोल गरे । सुशन गुरुङको थ्रु पासमा विशालले सुन्दर गोल गरे । खेलको अन्त्यतिर बिएफसीले सुन्दर अवसर गुमायो । राज भुसालको हेडर पासमा बिक्की राई वान भर्सेज वानमा गोल गर्न चुके ।

यो जितसँगै भरतपुर २४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुर २४ का विशाल म्यान अफ दि म्याच भए । उनलाई मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञ विलास पौडेल ९वाईबी० ले ट्रफी प्रदान गरे ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार पनि एक खेल हुनेछ । आइतबार हुने खेलमा एभरेस्ट एफसी र रड्स रामपुर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>