समाचार

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

०
Banner

काठमाडौं, फागुन १८-

संघीय संसद्का दुवै सदन बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १२ः०९ बजे बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ। यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

संघीय ​संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा अर्थ मन्त्री डा प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>