देश/प्रदेश
संसद् भवन र सिंहदरबारको फुटपाथमा टाँगिएको डोरी प्रहरीले हटायो डोरी
०

काठमाडौँ, फागुन १७-
प्रहरीले काठमाडौको फुटपाथ टाँगिएको डोरी हटाएको छ । बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार प्रधानमन्त्री निवास क्षेत्रमा प्रहरीले फुटपाथको डोरी प्रहरीले हटाएको हो।
सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे आलोचना आएपछि प्रहरीले डोरी हटाएको हो । फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणिहरु संघीय संसद् भवनमा प्रवेश गरेका थिए । सो घटनापछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा हिँड्न पनि रोक लगाएको थियो ।
बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगको डोरी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























