काठमाडौँ

काठमाण्डौमा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

०
Banner

काठमाण्डौ, फागुन १७–

काठमाण्डौको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको । हिजो बेलुकी भएको झडपमा दुवै पक्षका केही घाइते भएका छन् । सात जना नगर प्रहरीसहित केही फुटपाथ व्यवसायी पनि घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

घाइते सबैको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । काठमाण्डौ महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले हिजो बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>