समाचार

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

०
Banner

चितवन, फागुन १७-

चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीका अनुसार मृतकको पहिचान खुलेको छैन ।

रत्ननगर–९ कृष्णमन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकले आज बिहान करिब १ बजेको समयमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट अन्दाजी ६० वर्षीय पुरुष व्यक्ति गम्भिर घाइते भई उपचारको लागि भरतपुर अस्पताल पठाएको चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>