समाचार

‘फ्रन्ट अफिस म्यानेजमेन्ट’ सम्बन्धी २४ दिने सीप स्तरोन्नती तालिम सुरु

०
Banner

चितवन, फागुन १७-

हस्पिटालिटी क्षेत्रमा ‘फ्रन्ट अफिस म्यानेजमेन्ट’ सम्बन्धी २४ दिने सीप स्तरोन्नती तालिम नारायणगढमा सुरु भएको छ ।

होटल व्यवसायी महासंघ नेपालको आयोजना र दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (इन्स्योर)को सहकार्यमा बुधवारदेखि तालिम सुरु भएको हो ।

तालिम दैनिक चार घण्टाका दरले २४ दिनमा ९६ घण्टा सञ्चालन हुने छ । होटल संघ नेपाल (हान)ले तालिम दिन लागेको हो ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुर भ्रमण वर्ष मनाउँदै गर्दा हस्पिटालिटी क्षेत्रका कर्मचारीको सीप स्तरोन्नती तालिमले पर्यटन प्रवद्र्धनमा समेत पुग्ने विश्वास व्यक्त गरे ।

होटलको संख्या बढेपनि सीपयुक्त जनशक्ति बिदेश जान क्रम बढेको भन्दै उनले विदेश जानमा मात्रै बढी जोड नगर्न आग्रह गरे । सरकारले साना ठुला सबै होटेल सन्चालन गर्न सहज वातावरण बनाउनुपर्ने उनको भनाई थियो ।

तालिममा २० जना सहभागी हुने हानका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए ।

सिपयुक्त जनशक्ती उत्पादनको लागि तालिम एकदमै लाभदाय हुने भन्दै उनले तालिमबाट कर्मचारी र होटेल सञ्चालकले समेत फाइदा लिन सक्ने बताए । तालिममा सहभागी २० जनामध्ये उत्कृष्टलाई पुरस्कृत समेत गरिने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>