खेलकुद

उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले खेल्न नपाउने

०
Banner

काठमाडौं, फागुन १७-

आज वाफ च्याम्पियनसिप फुटबलको फाइनल हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।

समूह बीको नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो। लेबनानले गुआम साउदी अरब र लेलबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा ‘डेब्यू’ खेल हो।

डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

तर यो खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले खेल्ने छैनन्। उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन्। नेपाल फुटबल संघ एन्फाले सावित्राले आजको खेल गुमाउने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>