समाचार
मेयर बालेनले मानसिक टर्चर दिएको कानुन अधिकृत घिमिरेको आरोप
०

काठमाडौँ, फागुन १६-
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।
मेयर शाहले टर्चर दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै कानूनी र पेसागत लडाइँ सुरू गरेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेकी छिन्।
मेयर शाहको प्रशासनमा विनाकारण जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिएको उनले बताएकी छिन्।
‘अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ । प्रशासनमा चरम राजनीति छ । मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो । तर हेरेका छैनन्,’ उनले भनेकि छन् , ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो । अरु केही होइन ।’
उनले सामाजिक सञ्जालमा स्टाटस राखेर आफूमाथि अन्याय भएको बताएकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























