अन्तर्राष्ट्रिय

खानेकुराको सट्टामा उत्तर कोरियाले रुसलाई दियो ३५ लाख तोपगोला

Banner

सोल, फागुन १६-

उत्तर कोरियाले खानेकुराको सट्टामा रुसलाई लाखौंको संख्यामा तोपगोला दिएको छ । दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन्सिकले मंगलबार पत्रकारहरूलाई यस्तो बताएका छन् । शिनका अनुसार सेप्टेम्बरयता उत्तर कोरियाले रुसतर्फ दशौं लाख तोपगोला बोकेका ६ हजार ७०० ओटा कन्टेनर पठाएको थियो ।

यी कन्टेनर रुसले दिएको खाद्य वस्तु र हतियार बनाउन चाहिने कच्चा पदार्थको बदलामा पठाइएको बताइएको छ । यी कन्टेनरमा १५२ एमएमको ३० लाख थानभन्दा धेरै तोपगोला र १२२ एमएमका ५ लाख थानभन्दा धेरै तोपगोला थिए ।

मन्त्रीले यो सूचना कहाँबाट आयो भन्ने चाँहि बताएका छैनन् । कच्चा पदार्थ र बिजुलीको अभावका कारण अहिले उत्तर कोरियाका हातहतियार बनाउने कारखाना क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन भइरहेका छन् । तर रुसलाई तोपगोला पठाउने कारखानाहरू भने पूरै क्षमतामा चलिरहेको उनको भनाई छ । रुसले पठाएको सामानमा खाद्यान्नको अुनपात धेरै भएको मन्त्री शिनको दाबी छ ।

प्योङयोङले मस्को पठाएको जहाजको तुलनामा रुसबाट आएका जहाजको आयतन ३० प्रतिशत ठूलो भएको पनि उनले बताएका छन् । हालैका वर्षमा रुस र उत्तर कोरिया नजिकिएका छन् ।

सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्रमण गरेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>