क्रिकेट

टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार, नेदरल्यान्डसँग २ रनले पराजित

Banner

काठमाडौं, पलागुन १४-

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।

नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शुन्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>