खेलकुद

वाफ च्याम्पियनसिप : लेबनानलाई हराउँदै नेपाल फाइनलमा

०
Banner

काठमाडौं, फागुन १६-

नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो। गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन्। खेलको इञ्जुरी समयमा प्रिति राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>