चितवन विशेष
एनपीआईले गर्यो पाठ्यक्रम विकासका लागि तीन दिने कार्यशाला

चितवन, फागुन १५-
भरतपुरमा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पाठ्यक्रम विकास कार्यशाला सञ्चालन भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकाय र नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एनपीआई.) भरतपुरको आयोजनामा सो कार्यशाला भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगत इन्जिनियरिङ संकायका विभिन्न सात वटा कार्यक्रमका १०० भन्दा बढी विषयका पाठ्यक्रम विकासका लागि कार्यशाला गरिएको छ ।
फागुन १२ गते पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्घाटन गरेको कार्यशालामा विभिन्न विषय समितिका ६० जना भन्दा विशेषज्ञले पाठ्यक्रम निर्माण गरेका छन् । तीन दिने कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयको सम्रग पहिचान नै त्यसको पाठ्यक्रम भएको हुँदा पाठ्यक्रम युग र माटो सुहाउँदो हुनुपर्ने बताए । उक्त कार्यशालामा विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले इञ्जिनियरिङ अध्ययनपछि विद्यार्थीहरु बेरोजगार नहुने सुनिश्चितता सहितको पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए । कार्यशालाको अध्यक्षता इञ्जिनियरिङ संकायका डिन प्रा.देवीप्रसाद भट्टराईले गरेका थिए भने सो कार्यक्रममा स्वागत मन्तव्य नेपाल पोलिटेक्निक ईन्स्टिच्युट (एनपीआई.)का सहप्राचार्य दिपक ढकालले राखेका थिए ।

यस अघिको पाठ्यक्रममा सैद्घान्तिक पक्षलाई प्राथमिकतामा राखिएकोमा अहिले सम्पन्न कार्यशालाले निर्माण गरेको पाठ्यक्रममा प्रयोगात्मक विषयलाई बढी प्राथमिकतामा राखिएको इन्जिनियरिङ संकायका डिन भट्टराईले जानकारी दिए । इन्जिनियरिङका विषयहरुलाई थप आधुनिकीकरण गरी समय सापेक्षिक र औधोगिकीकरणसँग जोडेर बनाइएको पाठ्यक्रमले विद्यार्थीको व्यवसायिक क्षमता अभिबृद्वि गर्न कोषे ढुंङ्गा हुने विश्वास उनले लिएका छन् ।
























