देश/प्रदेश

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

Banner

काठमाडौँ, फागुन १५-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>