खेलकुद

ओडीआइमा जेजस्ता गल्ती भए त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँः कप्तान पौडेल

०
Banner

काठमाडौं, फागुन १५-

नेपाली क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले भर्खरै सकिएको विश्वकप लिग २ को पहिलो शृङ्खला नेपालका लागि सोचेजस्तो हुन नसकेको बताएका छन् । एकदिवसीयमा भएका गल्तीहरू सच्याएर अब टी–२० मा फोकस्ड हुने उनले बताए ।

नेपालले आजबाट नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० शृङ्खला खेल्दैछ । त्यसको पूर्वसन्ध्यानमा नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान पौडेलको भिडियो सन्देश सार्वजनिक गरेको हो ।
कप्तान पौडेलले भने, ‘ओडीआइमा जेजस्ता गल्तीहरू भए, त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँ । एउटा टीमको रूपमा हाम्रो विश्वास र भरोसा अहिले पनि कायम छ । टीमको वातावरण पनि सकारात्मक रहेको छ । यसलाई लिएर म एकदम खुशी छु ।’

हारका बाबजुद टिमका सबै जना सकारात्मक रहेको उनको भनाइ छ । फ्यानहरू निराश भए पनि खेलको सुन्दरता नै जित र हार रहेको पौडेलले बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>