समाचार

बालकुमारी घटनाः दुई मन्त्रीको अध्ययन समिति

०
Banner

काठमाडौं, फागुन १४-
बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न सरकारले समिति गठन गरेको छ। ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनराज गुरुङ सम्मिलित अध्ययन समिति गठन गर्ने निर्णय सोमबार बसेको मन्त्री परिषद् बैठकले गरेको हो।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार त्यस विषयमा प्राप्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनका लागि सिफारिस गर्ने अधिकार उक्त समितिलाई दिइएको छ। त्यसका लागि फागुन २० गतेसम्मको समयसीमा दिइएको छ।

उक्त समितिले गरेको सिफारिस अनुसार सरकारले निर्णय गर्ने बताइएको छ। प्रतिवेदनमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला समेत दोषी देखिएको बताइएको छ। त्यरही प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>