देश/प्रदेश

ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

Banner

काठमाडौं, फागुन १४-

ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बाराको वर्कसपमा सिलिण्डर पड्किँदा निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो।

सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>