अन्तर्राष्ट्रिय

बंगलादेशमा जंगली हात्तीलाई अदालतको संरक्षण

Banner

ढाका, फागुन १४-

बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन ।

हात्तीसम्बन्धी सबै अनुमति रोक्का गर्ने उच्च अदालतको निर्णयको पशु अधिकारकर्मी समूहहरुले स्वागत गरेका छन् । बंगलादेशमा हात्तीलाई माग्न लगाउने, सर्कस वा सडकमा हुने प्रदर्शनीहरुमा प्रयोग गर्ने गरिएको छ ।

देशभर जम्मा २०० ओटा मात्रै हात्ती बाँकी छन् । यीमध्ये आधा हात्तीले बन्दी जीवन बिताइरहेका छन् । कुनै सयम बंगलादेश एशियाली हात्तीको सबैभन्दा ठूलो घरमध्ये एक थियो । तर अवैध चोरी शिकारी र बासस्थान नास हुँदै जाँदा हात्तीको संख्या चिन्ताजनक स्तरमा ओर्लिएको पाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>