अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा सबैभन्दा पहिला पीआर लिने नेपाली सम्मानित

Banner

सिड्नी, फागुन १४-

अष्ट्रेलियामा ५० वर्षअघि सबैभन्दा पहिले स्थायी बसोबास अनुमति पत्र (पीआर) लिने पहिलो नेपालीलाई सम्मान गरिएको छ ।

हिजो (शनिबार) सिड्नीमा स्थानीय लुक्ला टिभीले आयोजना गरेको समारोहमा ५० वर्षअघि अष्ट्रेलियामा बस्न पीआर पाएका पहिलो नेपाली डा. नारायण प्रधान र इन्द्रा बनलाई ‘गोल्डेन जुब्ली अवार्ड’बाट सम्मान गरिएको हो ।

कार्यक्रममा डा. प्रधान र बनलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसदहरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेको छ। समारोहमा नेपाल-अष्ट्रेलिया सम्बन्ध बिस्तारमा सम्मानित व्यक्तिहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत पोखरेलले प्रशंसा गरे ।

कार्यक्रममा डा.प्रधानकी श्रीमती लीला प्रधानलाई पनि सम्मान गरिएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>