देश/प्रदेश
विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित भारतीय महिला पक्राउ
०

काठमाडौँ, फागुन १३-
सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय महिला पक्राउ परेका छिन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय महिला पक्राउ परेकी हुन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी ३७ वर्षीया तशलिम सुलताना बुस्रा आज (शनिबार) दिउँसो विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा प्रकाउ परेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























